बिहारका पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्राको निधन 



काठमाडौं : बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्राको निधन भएको छ । लामो समयदेखि बिरामी भएका मिश्रको सोमबार ८२ वर्षको उमेरमा दिल्लीमा निधन भएको हो । 

आफ्नो राजनीतिक क्षेत्रमा बलियो उपस्थिति बनाएका मिश्र तीन पटकसम्म बिहारमा मुख्यमन्त्री भएका थिए । 

जगन्नाथले सन् १९७५मा पहिलो पटक मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए भने सन् १९८० मा राज्यको मुख्यमन्त्री भएका थिए । 

तेस्रो पटक उनी सन् १९८९ देखि १९९० सम्म बिहारका मुख्यमन्त्री बनेका थिए । 

त्यसपछि उनी १९९० देखि केन्द्रीय क्याविनेट मन्त्री भएका थिए । 

बिहारका पूर्वमुख्यमन्त्री मिश्रले राजनीतिक सुरुवात गर्नुभन्दा पहिला उनी एक लेक्चर थिए । जगन्नथ मिश्र बिहार यूनिवर्सिटिमा अर्थशास्त्र विषयका प्रोफेसर थिए । 

 

प्रतिक्रिया दिनुहोस्