प्रिमियर लिग : घरेलु मैदानमा चेल्सी बराबरीमा राेकियाे



काठमाडौं : नयाँ सिजनको इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो खेलमा चेल्सी बराबरीमा रोकिएको छ। आइबार राति भएको खेलमा चेल्सी लेस्टर सिटीसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

घरेलु मैदानमा भएको खेलमा चेल्सी सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य भयो। खेलको सातौं मिनेटमा मासोन माउन्टले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, खेलको ६७ औं मिनेटमा लेस्टरका एनडीडीले हेड गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। बराबरीसँगै चेल्सीले २ खेलबाट १ अंक जोडेको छ। यसअघि चेल्सी पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग ४–० ले पराजित भएको थियो।

लेस्टरको भने यो दोस्रो बराबरी हो। पहिलो खेलमा लेस्टरले वुल्भ्ससँग गोलरहित बराबरी खेलेको थियो। लेष्टरले २ खेलबाट २ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्