परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘जम्मू–कश्मीर विवादलाई नजिकबाट नियालिरहेका छौं’  



काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मू–कश्मीर विवादबारे नेपालले नजिकबाट नियालिरहेको   बताएका छन् । नेपालले यसभन्दा अगाडि जम्मू–कश्मीर विवादबारे केही बेलेको थिएन । 

सोमबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् ।   

भारतले आफ्नो संविधानको धारा ३७० निलम्बन गरेर जम्मु–कश्मीरको विशेषाधिकार खारेज गरेपछि लद्दाखलाई अलग राज्य बनाएको छ । यस विषयलाई दुई देशबीच तनाव जारी छ भने पाकिस्तानले भारतको विरोध गर्दै आइरहेको छ । 

यता जम्मू–कश्मीर क्षेत्रमा रहेका नेपालीको सुरक्षाबारे दिल्लीस्थित नेपाली दूताबासले काम गरिरहेको र उनीहरु सुरक्षित रहेको उनले जानकारी दिए । 

नेपाल सार्कको अध्यक्षसमेत रहेको भन्दै मन्त्री ज्ञवालीले नेपाल क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा रहेको बताए । 

 

प्रतिक्रिया दिनुहोस्