स्यान्डविच ढिलो ल्याएकाे भन्दै वेटरकाे गोली हानी हत्या



एजेन्सी : फ्रान्सको राजधानी पेरिसमा एक व्यक्तिले वेटरलाई गोली प्रहार गरी हत्या गरेका छन्। स्यान्डविच ल्याउन ढिलो गरेको भन्दै उनले गोली हानेका थिए। ती व्यक्ति नोइजी–ल–ग्राँस्थित एक रेस्टुराँमा शुक्रवार राति खाना खान गएका थिए।

स्यान्डविच छिटो नल्याएको भन्दै उनी बेस्सरी रिसाएको एक प्रत्यक्षदर्शीले बताए। उनले एउटा ह्यान्डगनले वेटरको काँधमा गोली हानेका थिए अनि तत्कालै रेस्टुराँबाट भागेका थिए। उक्त रेस्टुराँ हालसालै मात्र खुलेको थियो। 

वेटरका सहकर्मीहरूले प्रहरीलाई बोलाए अनि गोली लागेका पीडितलाई होशमा ल्याउन खोजे। तर घटनास्थलमै उनको मृत्यु भयो। प्रहरीले हत्याको अनुसन्धान शुरू गरिएको बताएको छ। 

नोइजी–ल–ग्राँ पेरिसको एक सबर्ब क्षेत्र हो। त्यहाँ बेरोजगारी र अपराध उच्च दरमा छ। लागूऔषध कारोबार उच्च हुने र सार्वजनिक स्थानमा रक्सी पिएर होहल्ला हुने ठाउँका रूपमा त्यो चिनिन्छ।

 

प्रतिक्रिया दिनुहोस्