ला लिगा : मोराटाको गोलमा एथ्लेटिकोको सुखद सुरुवात



काठमाडौं : नयाँ सिजनको स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले सुखद सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा गेटाफेलाई १–० ले पराजित गर्दै एथ्लेटिकोले विजयी सुरुवात गरेको हो।

घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोलाई जिताउन खेलको २३औं मिनेटमा अल्भारो मोरोटाले गरेको गोल निर्णायक बन्यो। सो खेलको पहिलो हाफमा दुई वटा रातो कार्ड देखाइएको थियो।

जर्ज मोलिना ३८ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टोली गेटाफे १० खेलाडीमा सीमित भएको थियो। यस्तै ४२ औ मिनेटमा रिनन लोनी एक मिनेटको अन्तरमा दुई पहेलो कार्ड खादै मैदान छाडेपछि एथ्लेटिकोको समेत १० खेलाडीमा झरेको थियो।

खेलको ५६ औ मिनेटमा एथ्लेटिकोले पेनाल्टीको अवसर पाएको थियो। तर, मोराटा पेनाल्टीमा चुकेपछि एथ्लेटिकोले अग्रता दोब्बर पार्ने मौका गुमाएको थियो। जितपछि एथ्लेटिकाको लिगमा स्पष्ट ३ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्