भारतको महाराष्ट्रमा ट्रक र बस आपसमा ठोक्किदा १५ जनाको मृत्यु



एजेन्सी : भारतको पश्चिमी राज्य महाराष्ट्रको निमगुल क्षेत्रमा यात्रुबहाक बस र ट्रक आपसमा ठोक्किदा १५ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा अन्य ३५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा बसका चालक र कन्डक्टर पनि रहेको भारतीय प्रहरीले जनाएको छ ।

राज्यद्वारा सञ्चालित एक बस स्थानीय समयानुसार आइतबार राति ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको र जसमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ । महाराष्ट्र राज्यको शाहादा शहरको अरुरानगाबाद ग्रामीण इलामामा यात्रा गइरेहको उक्त बसमा ५० जना यात्रु सवार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्