कौटिन्होलाई बायर्नमा १० नम्बरको जर्सी



काठमाडौं : ब्राजिलका स्टार फुटबलर फिलिप्पे कौटिन्होले जर्मन क्लब बायर्न म्युनिखमा १० नम्बरको जर्सी लगाउने भएका छन्। सोमबार मात्र बायर्नसँग औपचारिक सम्झौता गरेका कौटिन्होलाई बायर्नले १० नम्बरको जर्सी दिएको हो।

२७ वर्षीय कौटिन्हो स्पेनिस क्लब बार्सिलोनाबाट एक सिजनका लागि लोनमा बायर्न गएका हुन्। उनी १ सय २० मिलियन युरो लोन रकममा बायर्नमा अनुबन्ध भएका हुन्। लोनमा क्लब आएपनि बार्सिलोनाले बायर्नलाई स्थायी अनुबन्धको अवसर समेत दिएको बताएको छ। गत शुक्रबार मात्र बार्सिलोना र बायर्नबीच कौटिन्हो लोनमा बायर्न जाने विषयमा सहमति भएको थियो।

जर्मन बुन्डेसलिगा च्याम्पियन क्लब बायर्नले सन् २०१८ को जनवरीमा मात्र लिभरपुलबाट बार्सिलोना आएका कौटिन्होलाई आफ्ना पहिलो रोजाइका आर्जेन रोबेनले सन्यास लिएपछि क्लबमा भित्र्याएको हो।

प्रतिक्रिया दिनुहोस्