प्रजातान्त्रिक योद्धा सोनेलाल पासवानको निधन



जनकपुरधाम : मुलुकमा प्रजातन्त्र स्थापानार्थ लामो समय संघर्ष गरेका प्रजातान्त्रिक योद्धा सोनेलाल पासवानको निधन भएको छ । धनुषाको नगराइन नगरपालिका–९ घोडघासस्थित आफ्नै घरमा पासवानको १०६ वर्षको उमेरमा सोमबार बिहान ३ बजे निधन भएको हो ।

 

पासवानलाई श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादव, सांसद मिनाक्षी झा, प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, नेपाल दलित संघका कार्यवाहक सभापति शम्भु हजारा पासवानलगायतका नेता घोडघास पुगेका थिए ।

 

कांग्रेस उपसभापति निधिलगायतका नेताले पार्टीको भन्डा ओढाएर पासवानप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उपसभापति निधिले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसले २००७ सालको प्रजातान्त्रिक योद्धा गुमाएको बताए । 

 

पासवान लोभ र व्यक्तिगत स्वार्थबिना सदैव प्रजातन्त्र र लोकतन्त्रका लागि संघर्ष गर्ने नेताका रुपमा परिचित रहेको निधिले बताए । पासवानको निधन पार्टी  र मुलुकका लागि अपूरणीय क्षति रहेको निधिको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्