नेप्से उकालो लाग्यो



काठमाडौं : धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको कारोवार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७ दशमलव २३ बिन्दुले बढेर एक हजार २२२ दशमलव ०६ बिन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.८५ बिन्दुले बढेर २६४.९६ मा पुगेको छ । नेप्से परिसूचक बढेपनि कारोवार रकममा भने उल्लेख्य सुधार हुन सकेन । आज कूल १७५ कम्पनीको १४ लाख  ७७ हजार ४३५ कित्ता शेयर रु ३८ करोड ९६ लाख २५ हजारमा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज निर्जीवन बीमाको शेयर कारोवार ओरालो लागेको छ । सो उपसमूहको शेयर २९.७८ बिन्दुले घट्दा बैंकिङ ७.३३, होटल ४.७४, विकास बैंक १३.४३, जलविद्युत् १.१९, वित्त १.०७, उत्पादन ६.९१, अन्य ४.७२, लघुवित्त २१.५१, जीवन बीमा ४४.३२ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्