विमानस्थलमा पारसको दुर्व्यवहार : प्रहरीले थाल्यो आन्तरिक छानविन



काठमाडौं : पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआईपी कक्षको सुरक्षार्थ खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको विषयमा प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ। अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) ईश्वर खत्रीलाई आइतबार शाहले दुर्व्यवहार गरेका थिए।

शाहले दुर्व्यवहार गरेको सभडियो सामाजिक सञ्जालमा प्रकाशित भए पनि पूर्वयुवराज र प्रहरीको व्यवहारबारे बहस सुरु भयो। केहीले उनको उक्त कार्यलाई ‘उद्दण्ड’ भनेका छन् भने केहीले चाहिँ प्रहरीकै दोष देखाएका छन्।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले घटनाबारे छानविन गर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएपछि छानविन सुरु भएको हो। दुर्व्यवहारमा परेका सई खत्रीले भने अहिलेसम्म पारसविरुद्ध उजुरी दिएका छैनन्।

कुनै पनि उजुरी नपरे पनि आन्तरिक छानविन हुने रानीपोखरीका प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीले बताए।

प्रतिक्रिया दिनुहोस्