अनुष्का शर्माको हट तस्वीरमा विराट कोहलीको रियाक्सन



एजेन्सी : बलिउड अभिनेत्री अनुष्का शर्मा र विराट कोहली चर्चामा रहिरहन्छन्। उनी आजभोलि वेस्टइन्डिजमा म्याच खेलिरहेका छन्। अनुष्का पनि पतिसँग उतै छिन्। अनुष्काको एक तस्वीर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। जसमा उनी बिकिनी अवतारमा देखिएकी छिन्। उनी खुबै हट पनि देखिएकी छिन्। उनले तस्वीरका साथ लेखेकी छिन् – सन किस्ड एण्ड ब्लेस्ड।

तस्वीरमा अनुष्का मुस्कुराएकी छिन्। अनुष्काको यो तस्वीरमा विराट कोहलीले कमेन्ट गरेका छन्। विराटले उक्त तस्वीरमा स्माइलीका साथै एउटा हर्ट इमोजी पनि दिएका छन्। विराटको कमेन्टमा पनि कैयन् प्रतिक्रिया आएका छन्। अनुष्का पछिल्लो समय कुनै पनि फिल्ममा काम गरिरहेकी छैनिन्। उनले आफ्नो समय विराटलाई नै दिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्