टी–२० क्रिकेट वरियतामा नेपाल यथावत, पाकिस्तान शीर्ष स्थानमा



काठमाडौं : टी–२० क्रिकेटको वरियतामा नेपाल यथावत रहन सफल भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै ११ औं स्थानमा छ। अघिल्लो महिना पनि नेपाल ११ औं स्थानमै थियो।

नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ रेटीङ अंक पाएको छ। नेपालले गत महिना मलेसियासँगको दुई खेलको टी–२० र सिंगापुरमा सम्पन्न आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेपछि अन्य खेल खेलेको छैन।

एसोसियट राष्ट्र मध्यको टी–२० वरियतामा भने नेपाल शीर्ष स्थानमा रहेको छ। नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड छन्। नेपाल टेष्ट राष्ट्र बंगलादेशभन्दा १ रेटीङ अंकले पछि छ।

टी–२० वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इङ्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रिका, चौंथोमा भारत र पाँचौ स्थानमा अष्ट्रेलिया छन्। आईसीसीले सार्वजनिक गरेको एकदिवसीय वरियतामा पनि नेपाल १५ औं स्थानमा यथावत रहेको छ।

नेपालले ८ खेलबाट १५२ रेटीङ अंक पाएको छ। एकदिवसीय वरियतामा नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन्। एकदिवसीय वरियताको शीर्ष स्थानमा इङ्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौमा दक्षिण अफ्रिका छन्।

प्रतिक्रिया दिनुहोस्