थप ३४७ जनामा कोरोना पुष्टि, ९५ जना निको



काठमाडौं । पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

देशभर गरिएको २ हजार ३६० पीसीआर र १ हजार ५२८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि शनिबार ३३५ संक्रमित भेटिएका थिए ।

गत २४ घण्टामा ९५ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ४८९ पुगेको छ । उक्त अवधिमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको मन्त्रालयले जनाएको छ । देशभर हाल ३ हजार १७७ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्