हजुरआमाको ब्वायफ्रेण्डद्वारा ११ वर्षकी बालिका बलात्कार, गर्भपतन गराउन नपाउँदा बच्चा जन्मियो



एजेन्सी : यो दुनियाँमा क्रुर तथा पापी बलात्कारीहरुको कमी छैन। दक्षिण अमेरिकी देश अर्जेन्टिनामा हालै एउटा निकै दर्दनाक घटना सार्वजनिक भएको छ। एकजना ६५ वर्षका वृद्धले आफ्नै प्रेमिकाकी ११ वर्षीया नातिनीको बलात्कार गरेका छन्। आफ्नै हजुरआमाको ब्वायफ्रेण्डबाट बलात्कारमा परेकी ती बालिका गर्भवती बनिन्।

अन्ततः ती बालिकाले २३ हप्तामा बच्चा जन्माएकी छिन्। समाचार अनुसार त्यो वृद्धले ती बालिकामाथि आक्रमण गरी बलात्कार गरेको थियो। उत्तरी अर्जेन्टिनाको टुकुम्यान प्रान्तमा यो घटना भएको हो।

बलात्कारबाट गर्भवती बनेकी ती बालिकामाथि नियतिले यस्तो अन्याय गर्यो कि उनलाई गर्भपतन गर्न पनि कानूनले छेक्यो। ती बालिकाले अस्पतालमा आफै गएर आफ्नो पेटमा रहेको गर्भ निकालिदिन अनुरोध गरिन्। तर कानूनी रुपमा अभिभावकको स्विकृतिको अभावमा अस्पतालले गर्भपतन गर्न मानेन।

कानून अनुसार अभिभावकको स्विकृति बिना अवैध रुपमा रहेको गर्भको गर्भपतन गर्न पाइँदैन। वास्तवमा बलात्कारको घटनापछि उनकी हजुरआमालाई बालिकाको अभिभावकत्वबाट विमुख गराइएको थियो।

सोही कारण हजुरआमा कानूनी रुपमा अभिभावक बन्न नपाएको हुँदा उनको गर्भपतन गराउन समस्या परेको थियो। अन्ततः ती हजुरआमाको अभिभावकत्व फिर्ता गराइएसँगै गर्भपतनको लागि कानूनी प्रक्रिया पूरा गरियो।

त्यति बेलासम्म बालिकाको पेटको गर्भ २३ हप्ताको बनिसकेको थियो। २३ हप्ताको गर्भ पतन गर्नु बालिकाको स्वास्थ्यका लागि खतरनाक हुने भन्दै फेरि डाक्टरहरुले गर्भपतन गराउन अस्विकार गरे। अन्ततः ती बालिकाको शल्यक्रिया गरेर बच्चा निकालियो। बालिकाको पेटबाट जीवितै बच्चा निकालिएको भएपनि त्यो बाँच्ने सम्भावना नरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडाैं : कुलेखानी–फाखेल–हुमाने–फपिङ सडकखण्डमा शुक्रबारदेखि असोज ११ गतेसम्मका लागि सवारीसाधन आवागमन बन्द गरिने भएको छ

एजेन्सी : थाइल्याण्डको प्रकोप व्यवस्थापन विभागले २० हजार भन्दा बढी पीडितहरू बाढीका कारण विभिन्न ठाउँमा

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण बिग्रिएर अन्तर्राष्ट्रिय उडानका जहाज आकासमै फन्को लगाउने (होल्डमा बसेको)

एजेन्सी : लेबनानको केन्द्रीय बैंकले अमेरिकाद्वारा प्रतिबन्धका कारण आर्थिक सङ्कट झेल्न बाध्य भएको एक स्वदेशी

एजेन्सी : इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

काठमाडौं : चाडवाडका समयमा उपभोक्तामाथि हुने ठगी बढ्ने भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले

एजेन्सी : पाकिस्तानी प्रधानमन्त्री इमरान खान बिहीबार साउदी अरेबियातर्फ लाग्नु भएको छ । संयुक्त राष्ट्रसंघ

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर आव २०७६/७७

एजेन्सी : अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलको कलात शहरमा बिहीबार बिहान गुप्तचर सेवा भवनलक्षित कारबम हमलामा

एजेन्सी : चिनियाँ प्रधानमन्त्री लि खछ्याङले रुसको तीनदिने औपचारिक भ्रमण गर्नुभएको छ । उहाँको तीन

काठमाडौं : सिमेन्ट उत्पादन सङ्घको अध्यक्षमा पुनः ध्रुवराज थापा निर्वाचित भएका छन्। संघले बिहीबार नयाँ

काठमाडौं : नेपाल सरकारको उच्च पदस्थ व्यक्तिहरुले प्रयोग गर्ने हेलिकप्टर काठमाडौं आइपुगेको छ । बिहीबार