एक लाख घुस लिएको आरोपमा चार प्रहरी जवान पक्राउ



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु एक लाख घुस लिएको आरोपमा महानगरीय ट्राफिक प्रहरी कार्यालय, गोंगबुमा कार्यरत चार प्रहरीजवानलाई नियन्त्रणमा लिएको छ।

दुर्घटना सिफारिस दिएवापत् सेवाग्राहीसँग घुस लिने प्रहरीजवानहरु देवेन्द्र बलायर, आकाश खनाल, निरज भण्डारी र हिटलर साउदलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो। अनुसन्धानका क्रममा प्रहरी जवान खनाल र भण्डारी घुस लिने कार्यमा प्रत्यक्ष संलग्न रहेको नदेखिएकाले हाल उनीहरूलाई मुद्दा नचलाई साक्षीकारुपमा राखिएको आयोगले जनाएको छ।

प्रहरी जवान बलायर र साउदलाई जनही रु एक/एक लाख बिगो माग गर्दै सोमबारै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्