पूर्वी क्षेत्रमा चट्टयाङ्सहित वर्षा, सतर्क रहन महाशाखाको आग्रह 



काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापिय रेखा कमजोर बन्दै गएको जनाएको छ । 

मंगलबार बिहानको बुलेसटन जारी गर्दै महाशाखाले मनसुनको न्यून चापिय रेखा औसत स्थानको आसपासमा रहेको र भारतको उत्तर–प्रदेश तथा हरियाना आसपासमा न्यूनचापिय प्रणाली अवस्थित रहेको कारण  कमजोर बन्दै गइरहेको हो । 

त्यस्तै हाल देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ ।

आगामी तीन दिनको मौसम 

भदौ ३ गते (मंगलबार)

दिउँसो : देशभर सामान्यतया बदली रही मध्य र पश्चिमी क्षेत्रका केही स्थानहरुमा तथा पूर्वको थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । 

राति : देशभर सामान्यतया बदली रही मध्य र पश्चीमी क्षेत्रका केही स्थानहरुमा तथा पूर्वको थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पश्चिमी तथा मध्य भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भदौ ४ गते (बुधबार)

दिउँसो : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पहाडी भूभागको  एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।  देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भदौ ५ गते (बिहीबार)

दिउँसो : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पूर्व र मध्य क्षेत्रका केही र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

राति : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक –दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै देशको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

देशको पश्चिम तथा मध्य भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको कारण चुरेबाट बहने खोलाहरुमा आकस्मिक नदिको बहावमा वृद्धि हुन सक्ने साथै सडक यातायातमा पहिरो र भूक्षयका कारण अवरोध आउन सक्ने भएकोले ति भूभागमा यात्रा गर्दा समेत सतर्कता अपनाउन आग्रह गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्