करिव १७ क्विन्टल ‘काईनेटिक’ ढुङ्गासहित एक जना पक्राउ



सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-११ समावेशी टोलबाट १६ क्विन्टल ९१ किलो ७ सय ग्राम कालो सेतो रंगको खनिज पदार्थ (काईनेटिक ढुङ्गा) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३२ वर्षीय दिपक बहादुर बस्नेत छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । कर्णाली प्रदेश प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले अवैध उत्खनन गरी दिपकको घरमा लुकाई छिपाई राखिएको उक्त वस्तु फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि खानी तथा भूगर्भ कार्यालय सुर्खेतमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्