प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक आह्वान गरेका छन् ।

मंगलबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले  जानकारी दिए । संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी र राजपा गरी ४ दल छन् ।

बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषय र आफ्नो आसन्न सिंगापुर भ्रमणबारे जानकारी गराउने बताइएको छ । हालै सिंगापुरमा स्वास्थ्य परीक्षण गराएर फर्किएका ओली चिकित्सकको सल्लाहअनुसार पुनःपरीक्षणका लागि उनी फेरि त्यसतर्फ जाँदै छन् ।

यद्यपि, प्रधानमन्त्रीले ट्वीटरमार्फत आफू स्वस्थ रहेको बताए पनि भावी परीक्षणबारे विस्तृतमा बताएका छैनन् । 

प्रतिक्रिया दिनुहोस्