पूर्वयुवराज पारस शाहमाथि छानबिन हुने



 काठमाडौं : पूर्वयुवराज पारस शाहले प्रहरीलाई दुव्र्यवहार गरेको सम्बन्धमा छानबिन हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भिआइपी सुरक्षामा खटिएका प्रहरीलाई पारसले केही दिनअघि दुव्र्यवहार गरेका थिए । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले घटना सम्बन्धमा अन्तरिक छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइसकेको छ । कार्यालय प्रमुख डिआइजी शैलेश थापाले घटना सम्बन्धमा आन्तरिक छानबिन गर्न निर्देशन दिएको बताए ।

उनले भने, ‘घटना भएको सूचना आयो । के भएको रहेछ भनी आन्तरिक अध्ययन गर्न निर्देशन दिएका छौँ । प्रतिवेदनका आधारमा के गर्ने भन्ने तय हुनेछ ।’ आमा कोमललाई बैंककका लागि बिदाइ गर्न विमानस्थल जाने क्रममा पारसले प्रहरीमाथि दुव्र्यवहार गरेका थिए । यो खबर आजको नयाँ पत्रिकाले लेखेको छ । 

प्रतिक्रिया दिनुहोस्