भक्तपुरको लोकन्थली सडक भाँसियो, ७ घर जोखिममा 



काठमाडौं : भक्तपुरको मध्यपुर थिमी नगरपालिका लोकन्थलीमा सडक भाँसिएको छ ।

सोमबार रातिको वर्षाले थिमी नगरपालिका अन्तर्गतको लोकन्थली सडक भाँसिदा ७ घर जोखिममा परेका छन् भने ढल र खानेपानी अवरुद्ध भएको छ ।  

सडक क्षति भएका कारण आउजाउ गर्न समस्या भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्