नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले दिए राजीनामा 



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश २ का अध्यक्ष प्रभु साहले राजीनामा दिएका छन् । 

प्रदेश २ को अध्यक्ष जिम्मेवारीमा रहेर काम गर्न नेतृत्वबाट असहयोग भएको भन्दै उनले मंगलबार बिहान राजीनामा दिएका हुन् । 

साहका निजी सचिव निभेष कुमारका अनुसार प्रदेश २ का अध्यक्ष साहले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबार बिहान राजीनामा बुझाएका हुन् । 

नेकपाले गतसाल असोज ५ गते सातै प्रदेशका प्रदेश कमिटीमा पदाधिकारी चयन गरेको थियो । प्रदेश २ मा तत्कालीन माओवादी केन्द्रले अध्यक्ष पाउने सहमतिअनुसार साहलाई अध्यक्ष दिइएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्