सिंहदरबार भित्रै कर्मचारीले आत्महत्या गरे 



काठमाडौं: राष्ट्रिय योजना आयोगका एकजना कर्मचारीले सिंहदरबारमै आत्महत्या गरेका छन्। कार्यालय समय सकिएर सोमबार राति ८ बजेको समयमा सिंहदरबार छिरेका नायव सुब्बा बच्चु केसी राष्ट्रिय योजना आयोगको कार्यालयको सानो अनुगमन हलमा मृत भेटिएका हुन्।

कीर्तिपुरको टौदह घर  भएका उनले हिजो बेलुकै विष पिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार सोमबारै राति विष पिएर उनले आत्महत्या गरेको प्रारम्भीक अनुमान गरिएको छ ।

सिंहदरबार क्षेत्रमा जडान गरिएको सिसीटिभी क्यामेरामा उनी सोमबार राति साधरण पोशाकमा सिंहदरबार छिरेको खुलेको छ । आत्महत्या गर्नुको कारणबारे केही पनि खुलेको छैन। 

 

प्रतिक्रिया दिनुहोस्