चिकित्सकलाई कारबाहीको माग गर्दै जनकपुरमा प्रदर्शन



जनकपुरधाम : जनकपुर अञ्चल अस्पतालका चिकित्सक डा. आनन्द झालाई कारबाहीको माग गर्दै जनकपुरमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।

गत आइतबार चिकित्सक डा. झाको लापरबाहीका कारण जनकपुरस्थित डेफोडिल्स पब्लिक स्कुलके कम्प्युटर शिक्षक कुन्दन झाको मृत्यु भएको थियो । शिक्षक झाको पउचारका क्रममा निधन भएपछि विद्यार्थीहरुले चिकित्सकको कारबाहीको माग गर्दै र्याली निकालेका हुन् । 

जनकपुरको विद्यापति चौकस्थित विद्यालय परिषरबाट सुरु भएको र्यालीमा विद्यार्थीहरु विभिन्न नारा लेखेको प्लेकार्ड समेत बोकेका थिए । उनीहरुले डा. आन्नद झालाई कारबाहीको माग गर्दै नगर परिक्रमा गरेका थिए । 

महोत्तरीको पिपरा गाउँपालिका बनौली बस्ने छविकान्तका २१ वर्षीय छोरा कुन्दन झाको निधन भएको हो ।

समान्य जोरो र पेट दुखेपछि शनिबार जनकपुर अञ्चल अस्पतालमा भर्ना भएका युवक कुन्दनको अस्पतालकै चरम लापरवाहीले आइतबार विहान ५ बजे ज्यान गएको परिवारले बताए । 

यता अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट नागेन्द्र यादवले यदि चिकित्सकको गलती भएको पाइए कारवाही गर्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्