भारतको अन्तरिक्ष सफलता : चन्द्रमाको कक्षमा पुग्यो चन्द्रयान-२ 



भारतीय अन्तरिक्ष चन्द्रयान-२ पृथ्वीको कक्षबाट निक्लेपछि मंगलबार बिहान सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । 

भारतीय अन्तरिक्ष एजेन्सी इसरोले एक बयान जारी गर्दै भन्यो, यस जटिल अप्रेशनपछि अन्तयरिक्ष यानलाई चन्द्रमाको ध्रुवको माथि अन्तिम कक्षामा प्रवेश गराइनेछ, जहाँ चन्द्रमाको सतहबाट यसको दूरी १०० किलोमिटर हुन्छ । 

आफ्नो आधिकारीक ट्वीटर अकान्टबाट ट्वीट गरेर इसरोले भन्यो, चन्द्रयान-२ आउने ७ सेप्टेम्बरमा चन्द्रमाको दक्षिणी ध्रुवमा ल्याण्ड गर्नेछ । 

तीन लाख ८४ हजार किलोमिटरको दूरी तय गरेर चन्द्रमाको कक्षमा पुगेको छ । यो चन्द्रयान-२ को लागि धेरै नै जटिल अप्रेशन थियो । 

ल्याण्ड गर्नुभन्दा पहिला चन्द्रयान-२ को लूनर क्याप्चर मिशनमा सफलता हासिल गर्नु धेरै अहम थियो किनकि सानो चूकले ठूलो खतरा निम्त्याउन सक्थ्यो । 

विज्ञानसँग सम्बन्धित मामलामा जोडिएका पत्रकार पल्लव बागलाले बीबीसी संवाददाता गुरप्रीत सैनीसँग भने, 'यदि चन्द्रयानको रफ्तार कम भएको भए चन्द्रमाको गुरुत्वआकर्षण शक्तिले यानलाई पुरै तागत लगाएर आफूतिर तान्थ्यो र यो स्थितिमा चन्द्रयान-२ चन्द्रमाको सतहमा ठोक्किएर चकनाचूर हुन् सक्थ्यो ।' 

लूनर क्याप्चर मिशनमा सफलतापछि अब चन्द्रयान-२ ले चन्द्रमाको सतहमा उत्रिनु आफैमा एक बढि चुनौती हो ।

बागलाका अनुसार यदि यो मिशन सफल भयो भने, यसपछि चन्द्रयान-२ लाई चन्द्रमाको अरु धेरै कक्षमा लगिनेछ र यसमा रकेट फायर पनि गरिने छ । 

प्रतिक्रिया दिनुहोस्