सर्वदलिय बैठक : शान्ति प्रक्रिया टुंग्याउन छलफल हुने, होलान् त प्रचण्ड खुशी ?



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) आह्वान गरेको सर्वदलिय बैठकमा बाँकी रहेको शान्ति प्रकृया टुंग्याउने विषयमा केन्द्रित हुने देखिन्छ । संसदलाई सम्बोधन गर्ने क्रममा पनि प्रधानमन्त्री ओलीले शान्ति प्रकृया टुंग्याउनु पर्ने बताएका थिए ।

बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटरमा बस्दैछ । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, समाजवादी नेपाल पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) सहित संसदमा चार दल छन् । प्रधानमन्त्रीले औपचारिक रुपमा पहिलो चोटी सर्वदलिय बैठक डाकेका हुन् ।

सरकार बनेको लामो समय बितिसक्दा पनि सत्यनिरुपण र मेलिमिलाप आयेग रिक्त छन् । यि दुवै आयोग रिक्त हुँदा द्वन्दकालिन मद्दाहरु किनारा लाग्न सकेका छैैन । अर्थात यि आयोगहरुमा परेका मुद्दाहरुबारे बहस पैरवी हुन नसक्दा निर्णय हुन सकेका छैन । त्यसैले पनि आजकको सर्वदलिय बैठक बाँकी रहेको शान्ति प्रकृया टुंग्याउने विषयमा केन्द्रीत हुने अड्कलवाजी गरिएको छ । यि दुवै आयोग शान्ति प्रकृया टुंग्याउन महत्वपूर्ण मानिन्छन् ।

थप उपचारका लागि यहि ५ गते (बिहीबार) पुनः सिंगापुर जाने तयारी गरिरहेका प्रधानमन्त्री ओलीले अपर्झट सर्वदलिय बैठक डाकेका हुन् । यो बैठकलाई राजनीतिवृत्तमा अर्थपूर्ण ढंगले हेरिएको छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल सत्यनिरुपण र मेलमिलाप आयोगबारे सर्वदलिय बैठकको मुल एजेण्डा हुन सक्ने बताउँछन् । उनी भन्छन्, पछिल्लो समय प्रधानमन्त्री बाँकी रहेको शान्ति प्रकृया कसरी टुंग्याउने भनेर चिन्तित हुनुहुन्छ । शान्ति प्रकृयाकै विषयलाई लिएर प्रधानमन्त्रीले सर्वदलिय बैठक डाकेको हुनुपर्छ ।’ 

सर्वदलिय बैठकको एजेण्डा भने गोप्य राखिएको छ ।

पछिल्ला दिनहरुमा नेकपाका अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजानिक कार्यक्रमहरुमा आफूलाई हेग लैजाने प्रसंगबारे अभिव्यक्ति दिँदै आएका थिए ।

माओवादी द्वन्दका धेरै घटनाहरु किनारा नलाग्दा युद्धको नेतृत्व गरेका दाहाललाई हेग पुर्याइने चिन्ता थियो । नेकपाको पछिल्लो सचिवालय बैठकमा ओलीप्रति नतमष्तक भएका प्रचण्डलाई खुशी बनाउन पनि सर्वदलिय बैठक शान्ति प्रकृया टुंग्याउने विषयमा केन्द्रीत हुनेमा धेरैले अड्कलवाजी गरेका छन् ।

शान्ति प्रकृयासँगै मधेसवादी दलहरुसँग गरिएको संविधान संशोधनको विषयमा पनि आजको सर्वदलिय बैठकमा छलफल हुने लख काटिएको छ । प्रधानमन्त्रीले सर्वदलिय बैठकमा आफ्नो स्वास्थ्य स्थितीबारे जानकारी दिने पनि अड्कलवाजी छ ।

 

प्रतिक्रिया दिनुहोस्