पोग्बा पेनाल्टीमा चुक्दा म्यानचेष्टर युनाइटेड बराबरीमा रोकियो



काठमाडौं : नयाँ सिजनको इङ्लिस प्रिमियर लिग फुटबलको आफ्नो दोस्रो खेलमा म्यानचेष्टर युनाइटेड बराबरीमा रोकिएको छ। सोमबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेड वुल्भससँग १–१ गोलको बराबरीमा रोकिएको हो।

वुल्भसको घरेलु मैदानमा भएको खेलको २७औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडले अग्रता लिएको थियो। तर, खेलको ५५औं मिनेटमा वुल्भसका रुबेन नेभेसले गोल गर्दै खेल बराबरीमा ल्याए।

यस्तै खेलको ६८औं मिनेटमा युनाइटेडले पेनाल्टी पाएको थियो। रायन बेन्नेटलले मार्सियललाई लडाएपछि प्राप्त पेनाल्टीमा पोग्बाले गोल गर्न नसक्दा युनाइटेड बराबरीमा रोकिन बाध्य भयो। पोग्बाको प्रहार वल्भ्सका गोलरक्षक रुइ पेट्रेसियोले बचाएका थिए।

बराबरीसँगै युनाइटेड चौथो स्थानमा उक्लिएको छ। युनाइटेडको २ खेलबाट ४ अंक छ। यसअघि युनाइटेडले पहिलो खेलमा चेल्सीविरुद्ध ४–० को जित निकालेको थियो। अंक तालिकाको शीर्ष स्थानमा लिभरपुल रहेको छ। 

प्रतिक्रिया दिनुहोस्