प्रदेश ३ मा १०१ नर्सलाई जागिरको अवसर



हेटौँडा : एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत प्रदेश नं ३ ले स्थानीय तहमा नर्सका लागि रोजगारीको अवसर खुला गरेको छ।  प्रदेश नं ३ का १३ जिल्लाका स्थानीय तहका विद्यालयका लागि १०१ नर्स नियुक्त गर्न लागिएको हो।

सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ ले आज सूचना प्रकाशित गरी सेवा करारमा लिने जनाएको छ। सूचना प्रकाशित भएको मितिदेखि २१ दिनभित्रसम्म इच्छुक उम्मेदवार(नर्स)ले आवेदन दिन सक्नेछन्। 

प्रतिक्रिया दिनुहोस्