ज्योतिषीलाई पनि लाइसेन्स दिनुपर्छ : सांसद विश्वकर्मा



काठमाडौँ : प्रतिनिधिसभामा सांसदले ज्योतिषीलाई पनि लाइसेन्स दिनुपर्ने विषय उठाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद विमला विश्वकर्माले ज्योतिष पेशालाई व्यवस्थित बनाउनुपर्ने बताइन् ।

उनले महिनामा २ देखी ३ लाख सम्म कमाउने ज्योतिषीहरूको निगरानी गर्नुपर्ने बताइन् । ज्योतिषी पेसामा थुप्रै बेथिति देखिएको भन्दै उनले निश्चित योग्यता पुगेका ज्योतिषीलाई मात्र लाइसेन्स दिनुपर्ने बताइन् ।

‘निश्चित योग्यता पुगेकालाई लाइसेन्स दिने व्यवस्था गर्नुपर्छ, यसले करोडौँ राजस्व उठ्छ र पेसा पनि व्यवस्थित हुन्छ । यो काम तत्काल गर्नुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्