रवि लामिछाने न दोषी हुन् न त निर्दोष : नेकपा सचेतक चौधरी 



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीले नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा भइरहेको प्रदर्शन रोक्न सबै दलहरु एक ठाउँमा उभिनुपर्ने बताएकी छन् । अनुसन्धान जारी रहेका बेला भइरहेको प्रदर्शन उपयुक्त नभएको उनको भनाई छ ।

प्रतिनिधिसभाको आजको  बैठकमा  शून्य समयमा बोल्दै चौधरीले अनुसन्धान टेकेर सत्य पत्ता लगाउँदा निर्दोषले सजाय भोग्न नपर्ने र दोषी उन्मुक्ति नपाउने पनि जिकिर गरिन् । “को दोषी र को निर्दोष भन्ने सवाल अनुसन्धान चलिरहेका बेला उत्तेजित भएर सडकमा निस्कने, अनुसन्धानलाई प्रभावित बनाउन खोज्ने विषयलाई विल्कुलै सही मान्न सकिन्न,” टीभी कार्यक्रम प्रस्तोता रवि लामिछानेको पक्षमा चितवनमा भइरहेको प्रदर्शनतर्फ संकेत गर्दै उनले भनिन्, “यस्तो गतिविधि रोक्न सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्दछ , तथ्यमा टेकेर सत्य पत्ता लागोस् । त्यसो गर्दा निर्दोषले सजाय भोग्न नपर्ने हुन्छ र दोषी उन्मुक्ति पाउँदैन,”  ।

उनले अनुसन्धानका आफ्ना प्रकृया हुने भएकाले निष्पक्ष रुपमा छानविन गर्न दिनुपर्ने बताइन् । उनले भनिन्  “अनुसन्धानका आफ्ना प्रक्रिया हुन्छन्  जुन क्रम जारी छ । न त रवि लामिछाने दोषी हुन् भन्ने प्रमणित भएको छ, न त निर्दोष हुन् भन्ने प्रमाणित नै भएको छ । को दोषी र को निर्दोष भन्ने सवाल अनुसन्धान चलिरहेका बेला उत्तेजित भएर सडकमा निस्कने, अनुसन्धानलाई प्रभावित बनाउन खोज्ने विषयलाई विल्कुलै सही मान्न सकिन्न । यस्तो गतिविधि रोकन सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्दछ । तथ्यमा टेकेर सत्य पत्ता लागोस् । त्यसो गर्दा निर्दोषले सजाय भोग्न नपर्ने हुन्छ र दोषी उन्मुक्ति पाउँदैन । ”  

 

प्रतिक्रिया दिनुहोस्