नेकपा सचिवालय बैठक बस्दै, आयोगहरूमा जिम्मेवारी तोक्ने तयारी 



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक बोलाइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

केन्द्रीय आयोगहरुका साथै जनवर्गीय संगठनहरुको जिम्मेवारी टुंग्याउन बैठक बोलाइएको प्रवक्ता श्रेष्ठले बताए  । 

नेकपा विधानमा ६ वटा आयोग रहने व्यवस्था छ । केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चमा जिम्मेवारी तोक्ने नेकपाको तयारी छ । 

यसैगरी आजै साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक बोलाएका छन् । सत्तारुढ नेकपा, प्रमुख  प्रतिपक्षी दल नेपाली कांग्रेस, समाजवादी नेपाल पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)सहित संसदमा चार दल छन् । प्रधानमन्त्री ओलीले औपचारिक रुपमा पहिलो पटक सर्वदलिय बैठक बोलाएका हुन् । 

बैठकमा बाँकी रहेको शान्ति प्रकृया टुंग्याउने विषयमा केन्द्रीत हुने छ । 

 

प्रतिक्रिया दिनुहोस्