श्रीमती र छोरालाई आगो लगाउने जिवेश पक्राउ



धादिङ : श्रीमती र छोरालाई आगो लगाउने जिवेश लम्साललाई प्रहरीले पक्राउ गरेको छ । 

जिवेशले २५ वर्षीया बिमला लम्सार र २ वर्षीया छोरालाई तारपिनको तेल छर्की आगो लगाएका थिए । 

सिद्धलेख गाउँपालिका–१ धारापानी बस्ने जिवेशले घरायसी झगडाको कारण श्रीमती र छोरालाई तेल छर्की आगो लगाएको प्रहरीले जनाएको छ । 

घाइते दुवै जनाको जिल्ला अस्पताल धादिङवेशीमा उपचार भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्