मृत भेटिएका नायब सुब्बाकोे सुसाइड नोट : श्रीमतीलाई भने, ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’



काठमाडौं : सिंहदरबार भित्रै मृत भेटिएका कर्मचारीको सुसाइड नोट भेट्टिएको छ। राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसी कार्यालयमै मृत भेटिएका थिए। अपराधस्थलमा खटिएका एक अधिकृतकाअनुसार, नोटमा श्रीमतीको नाम लिएर ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’ भनेका छन्।

आफूले ‘कसैका कारण आत्महत्या गरेको होइन । पत्रकार वा अन्यले अर्को अर्थ नलगाउन्’ भन्ने समेत लेखेको जनाइएको छ। घटनास्थलमा पुगेका सिन अफ क्राइम (सोको) अफिसरले केसीको सुसाइड नोट संकलन गरेका छन्।

यसलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइने उनले बताए। उनको शव भेटिएको ठाउँ नजिकै धान, गहुँको बालीमा प्रयोग गरिने एक किसिमको कीटनाशक औषधिको खोल भेटिएको छ।

उनको मृत्युबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्