नेकपाको सचिवालय बैठक स्थगित



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । आज दिउँसो तीन बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजेका लागि बोलाएको सर्वदलीय बैठकका कारण सचिवालय बैठक स्थगित गरिएको नेकपाले जनाएको छ । अर्को बैठक कहिले बस्ने भनेर खुलाइएको छैन । 

 

प्रतिक्रिया दिनुहोस्