सर्वदलिय बैठकमा राजपाबाट ठाकुर र यादव सहभागि हुँदै 



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलिय बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) बाट महन्थ ठाकुर र संयोजक राजकिशोर यादव सहभागि हुने भएका छन् । 

अध्यक्ष मण्डलका एक सदस्य अनिल झाका अनुसार राजपाले ठाकुर र यादवलाई उक्त बैठकमा पठाउने निर्णय गरेको बताए ।

बताइए अनुसार सर्वदलिय बैठकमा शान्ति प्रकृया टुंग्याउनेबारे वृहत्त छलफल हुने छ । साथै संविधान संशोधनको बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार साँझ ५ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दै छ ।

ओलीको नेतृत्वमा सरकार बने यता पहिलो पटक सर्वदलिय बैठक बस्न लागेको हो ।

बैठकमा सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, समाजवादी पार्टी नेपाल र राष्टिय जनता पार्टी (राजपा)ले सहभागिता जनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्