सरकारी छाप कीर्ते गर्ने २ जना पक्राउ



काठमाडौं : महानगरीय प्रहरी अपराध महाशाखाले सरकारी छाप कीर्ते गर्ने २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका-८ का ३३ वर्षीय विनोद बरुवाल र काठमाडौं -१५ घर भई नागार्जुन-५ बस्ने ३३ वर्षीया रेनु लामा छन्।

उनीहरूले सरकारी तथा गैरसरकारी कार्यालयको छाप कीर्ते गरेर बनाउँदै आएका थिए। प्रहरीले उनीहरूको साथबाट विभिन्न व्यक्तिको नाममा जारी भइरहेको १७ थान राहदानी, विभिन्न विद्यार्थीहरूको नामसहितको विवरण भएको रजिस्टर ४ थान, विभिन्न सरकारी तथा गैह्रसरकारी कार्यालयको नाम भएको ३९ थान रबर छापहरू,११ थान पेनड्राइभ र विभिन्न व्यक्तिको नाममा जारी भएको प्रमाणपत्र बरामद गरेको छ। 

 

प्रतिक्रिया दिनुहोस्