हतियार देखाएर ३ लाख रुपैयाँ लुटियो



कपिलवस्तु : कपिलवस्तुमा हतियार देखाएर ३ लाख रुपैयाँ लुटिएको छ। सदरमुकाम तौलिहवास्थित आनन्दबागबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका मान्छेको समूहले हतियार देखाएर रकम लुटेका हुन्।

सदरमुकाम तौलिहवा स्थित राष्ट्रिय वाणिज्य बैंकबाट पैसा निकालेर बुद्धभुमि नगरपालिका १० विजगौरी तर्फ जाँदै गरेका रामकुबेर धोवीको साथबाट ३ लाख रुपैयाँ नगद लुटेको प्रहरीले जनाएको छ। उनको साथमा रहेको मोवाइल, ४ वटा नागरिकता र अन्य कागजात सहित उक्त रकम लुटिएको प्रहरीले जनाएको छ।

प्रहरीले रकम लुटेर फरार हुनेको खोजी गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्