बालुवाटारमा सर्वदलीय बैठक सुरु



काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलिय बैठक सुरु भएको छ ।

बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्यहरु वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, नेता सुवास सहभागि छन् ।

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट सभापति शेरवहादुर देउवा लगायत विमलेन्द्र निधि, मिनेन्द्र रिजाल, बालकृष्ण खाँण लगायतका नेता सहभागि छन् भने समाजवादी पार्टी नेपालबाट अध्यक्षद्वय उपेन्द्र यादव र बावुराम भट्राई सहभागी छन् ।

त्यसैगरी राष्ट्यि जनता पार्टी (राजपा) नेपालबाट महन्थ ठाकुर र राजकिशोर यादव सहभागि छन् ।

बैठकमा शान्ति प्रकृया टुंग्याउने र संविधान संशोधनबारे निर्णायक छलफल हुने बताइएको छ ।

मंगलबार साँझ ५ बजे सुरु हुने भनिएको बैठक ५ः३० बजेबाट सुरु भएको हो । 

तस्वीर : राज श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्