जब एक युवक अाधाभन्दा बढी घाँटी रेटिएको अवस्थामा घर पुगे…



धनुषा । धनुषामा एक युवक आधाभन्दा बढी घाँटी रेटिएको अवस्थामा ज्युँदै घर पुगेका छन् ।

 

धनुषाधाम नगरपालिका वडा-१ बस्ने ३० वर्षिय शिवकुमार सादा आधाभन्दा बढी घाँटी रेटिएको अवस्थामा ज्युँदै घर पुगेका हुन् । 

 

शिवकुमार रेटिएको घाँटीबाट बग्दै गरेकाे रगत थाम्दै घाँटी समातेर राति करिब ३ बजेतिर घर पुगेपछि परिवार सदस्य अचम्मित भए ।

 

बाेल्न समेत नसक्ने अवस्थामा रहेका शिवकुमारलाई उपचारको लागि तत्काल जनकपुर अञ्चल अस्पताल ल्याइएको ल्याइयाे ।

 

जनकपुर अञ्चल अस्पतालले उपचार गर्न नसक्ने बताएपछि उनलार्इ हवार्इ चार्टर गरेर अार्इतबार बिहान काठमाडौं ल्याइएकाे छ ।

 

उनी बाेल्न नसक्ने अवस्थामा भएकाले घटना किन र कसरी भयाे भन्ने खुल्न नसकेकाे परिवार स्राेतले बताएकाे छ ।

 

घटनाबारे थप अनुसन्धान कार्य अघि बढिसकेकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घटनापछि धनुषाधाम तनाव उत्पन्न भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्