भ्रष्टाचार आरोपमा ५ जनालाई मुद्दा



काठमाडौं : सुर्खेतस्थित सिम्ता गाउँपालिकाका सिभिल सबइञ्जिनियर शिवशंकर पोख्रेलसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा मुद्दा दायर गरिएको छ। इन्जिनियर नविन शर्मा, देउली– सिर्पा’काफलकोट हुँदै जितेजुवा जोड्ने सडक उपभोक्ता समितिका अध्यक्ष भुवानसिंह ठकुरी, कोषाध्यक्ष टिगा वली र सचिव नन्द सिंह ठकुरीविरुद्ध दायर गरेको हो।

उनीहरूले सडक निर्माणमा बदनियतपूर्वक ट्रयाक ओपनिङ्गमा नभएको कामको परिमाण देखाउने तथा बढी मूल्य पर्ने वस्तुमा बढी परिमाण गरेको देखाई कार्य सम्पन्न प्रतिवेदन तयार गरी पेश गरेको पुष्टि हुन आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। गलत प्रतिवेदन पेश ४ लाख ५६ हजार बढी भुक्तानी दिई भ्रष्टाचार गरेका अख्तियारको आरोप पत्रमा उल्लेख छ। 

 

प्रतिक्रिया दिनुहोस्