आगामी तीन दिनको मौसम : देशमा मेघगर्जन र चट्टायाङ्गसहित वर्षा



काठमाडौं : आगामी तीन दिन देशका अधिकांश स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टायाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बुधबार बिहान ६ बजे दैनिक बुलेटिन जारी गर्दै महाशाखाले हाल देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशको पूर्वी पहाडी भूभागसहित मध्यपश्चिमी पहाड र तराईमा पूर्ण बदली रही केही स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ ।

मनसुनको न्यूनचापिय रेखा औसत स्थानको आसपासमा रहेको छ । साथै भारतको बिहार र झारखण्ड आसपासमा एउटा न्युन चापिय प्रणाली अवस्थित छ । 

आगामी तीन दिनको मौसम 

भदौ ४ गते (बुधबार)

दिउँसो : देशका अधिकांश स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पूर्वी र पश्चिमी पहाडी भूभागको  एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पूर्वी तथा मध्य पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भदौ ५ गते (बिहीबार)

दिउँसो : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वी तथा पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको मध्य पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भदौ ६ गते (शुक्रबार)

दिउँसो : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

राति : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखी मध्यम वर्षा हुनेछ । देशको पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ  ।

 

प्रतिक्रिया दिनुहोस्