‘बेटी पढाउ, बेटी बचाउ’ अभियान : महोत्तरीका ४ विद्यालयका २७३ छात्रालाई साइकल वितरण



जनकपुरधाम : ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत महोत्तरीको विभिन्न चार वटा विद्यालयमा साइकल वितरण गरिएको छ । 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अभियान अन्तर्गत मंगलबार महोत्तरीस्थित ४ वटा माध्यमिक विद्यालयका २ सय ७३ जना छात्रालाई साइकल वितरण गरेका हुन् । 

श्री सरयुग मुनिलाल मावि सरपल्लोमा ७५, श्री दुर्गा मावि मनरामा ४३, श्री सार्वजनिक राष्ट्रिय मावि गौटा भेटपुरमा ५१ र श्री महेन्द्र राष्ट्रिय मावि रामगोपालपुरमा १ सय ४ गरी जम्मा २ सय ७३ जना छात्रालाई साइकल हस्तान्तरण गरिएको हो । साइकल कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई वितरण गरिएको हो । 

Image may contain: 2 people, crowd

साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले आर्थिक वर्षमा कम्तीमा ८ वटा  सार्वजनिक विद्यालयमा अध्ययनरत दलित र मुस्लिमलाई महिनाको ५ सय दिने घोषना गरे । महिला र पुरुषबीच रहेका भेदभाव अन्त्य भए मात्र मुलुक समृद्ध हुने मुख्यमन्त्री राउतको भनाइ छ । 

Image may contain: 3 people, people sitting

मुख्यमन्त्री राउतले प्रदेशमा छोरीहरुको लागि यस्ता विभिन्न प्रकारका थप कार्यक्रमहरु ल्याउने बताएका छन् ।

त्यस्तै कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्मन्त्री डा. सुरेन्द्र कुमार यादवले मधेशलाई अगाडि बढाउन महिला शिक्षामा जोड दिनुपर्ने धारण राखेका छन् । महिलालाई सशक्तिकरण गर्नु पर्नेमा राज्यमन्त्री यादवले भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्