छठ पर्वका लागि यसरी सजाइयो वीरगन्जको घडीअर्वा पोखरी (तस्बिरसहित)



वीरगन्ज : छठ पर्वको अवसर पारी आर्थिक नगरी वीरगन्जको घडीअर्वा छठ घाट पोखरीलाई दुलही झैँ सिँगारिएको छ । 

२०५६ देखि सञ्चालनमा आएको करिब ३ बिघा क्षेत्रमा फैलिएको पोखरीको किनार तथा सूर्य मन्दिरलाई झकिझकाउ पारिएको हो ।

१० हजार व्रतालु एवं १ लाख ४० हजार श्रद्धालु भक्तजन आउने अनुमान गरिएको पोखरीको सजावटको काममा यस वर्ष गत वर्षभन्दा अढाई लाख रुपैयाँ बढी खर्च गरिएको हो । गत वर्ष १३ लाखको हाराहारीमा खर्च भएको थियो भने यस वर्ष १५ लाख भन्दा बढीको खर्च हुने जनाइएको छ। 

 

प्रतिक्रिया दिनुहोस्