चकलेटको प्रलोभन देखाइ युवकद्वारा बालिका बलात्कृत



काठमाडौं : साइबर सिटी गुरुग्राममा एक चोटी फेरी मानवतालाई बदनाम बनाउने घटना सार्वजनिक भएको छ । 

गुरुग्राममा एक ३४ वर्षीय युवकले ४ वर्षीया बालिकालाई चकलेट दिने बहाना देखाउँदै बलात्कार गरेका छन् । 

पीडित बालिकाकी आमाले दिएको उजुरीको आधारमा आरोपीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  

आइतबार साँझ बालिका साथिहरुसँग खेल्न गएकी थिइन् । त्यही समयमा यी युवकले बालिकालाई चकलेट दिने भन्दै नजिकै निर्माणा भइरहेको भवनमा लगेर बलात्कार गरेका थिए । त्यसपछि उनी फरार भएको प्रहरीले जानकारी दिए ।

पीडित बालिकाकी आमाले भनिन्, ‘खेल्न गएकी छोरी अबेरसम्म घर नआएपछि उनको साथिको घरमा खोज्दै जाँदा छोरीलाई यी व्यक्तिले निर्माणाधीन भवनतर्फ लिएको बताइन् । त्यहाँ पुगे छोरी रोइ रहेकी थिइन् त्यसपछि मैले नजिकैको अस्पतालमा भर्ना गरे । उनको उपचार भइरहेको छ ।’

पीडित बालिकाकी आमाको उजुरीको आधारमा प्रहरीले आरोपीलाई नियन्त्रणमा लिई बुधबार अदालतमा उपस्थिति गराएको छ । 

प्रतिक्रिया दिनुहोस्