यू–१९ एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक, नेपाल सहज समूहमा



काठमाडौं : श्रीलंकामा आयोजना हुने एसीसी यू–१९ एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। एसियन क्रिकेट काउन्सील (आईसीसीले) सार्वजनिक गरेको तालिकामा नेपाल सहज समूहमा परेको छ।

यही भदौ १९ बाट २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल सहज मानिएको समूह ‘बी’ मा परेको हो। समूह ‘बी’ मा नेपालसँगै आयोजक श्रीलंका, युएई र बंगलादेश रहेका छन्। प्रतियोगिताको समूह ‘ए’ मा भारत, अफगानिस्तान, कुवेत र पाकिस्तान रहेका छन्।

नेपालले भदौ २० गते आयोजक श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ। दुई समूहको शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। प्रतियोगिताको उद्घाटन खेलमा भारत र कुवेत भिड्नेछन्। 

प्रतिक्रिया दिनुहोस्