प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। आजै काठमाडौं ओर्लेका विदेशमन्त्रीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा ओलीसँग भेट गरेका हुन्।

जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आएका हुन्। भेटघाटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतको सहभागिता रहेको थियो। 

प्रतिक्रिया दिनुहोस्