मादक पदार्थ सेवन गरेर विमान चलाउने पाइलटको जागिर गयो



काठमाडौं : विमान चलाउने बेलामा मादक पदार्थ सेवन गरेको भेटिएपछि भारतका एक जना अनुभवी विमान पाइलट अरबिन्द काथपालियाको अनुमतीपत्र रद्ध गरिएको छ । 

विमान चलाउनु अगाडी श्वास परिक्षण गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनको अनुमतीपत्र केही समयका लागि सोमबार रद्ध गरिएको अधिकारीहरूले जनाएका छन् । 

एयर इन्डियाको विमान उडाएर लण्डन लैजान लागेको बेला वरिष्ठ चालक अरबिन्द काथपालियाले मादक पदार्थ सेवन गरेको पाइएको अधिकारीहरूले बताए । “श्वास परिक्षण गर्दा अरबिन्द काथपालियाले मादक पदार्थ सेवन गरेको पाइयो, त्यसैले नियम अनुसार उनको चालक अनुमतीपत्र तत्कालदेखि लागुहुनेगरी तीन वर्षका लागि रद्ध गर्ने निर्णय भएको छ,” एक उच्च अधिकारीले बताए । 

विमान चालक काथपालियाको अनुमतीपत्र यसअघि पनि सन् २०१७ मा तीन महिना रद्ध गरिएको थियो । सबै विमान चालक र चालक दलका सदस्यहरूलाई कम्तीमा पनि १२ घण्टा भन्दा अगाडी मादक पदार्थ सेवन गर्न निषेध गरिएको छ । विगत चार वर्षमा भारतका विभिन्न विमान सेवा प्रदायक कम्पनीका १५० भन्दा बढी विमान चालकहरूको श्वास परीक्षणमा विफल भएपछि उनीहरूमाथि फरक फरक सजाय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्