निकिताको जाहेरी प्रहरीले लिएन 



काठमाडौं :  रवि लामिछानेकी पत्नी निकिता पौडेलले दिएको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गर्न अस्वीकार गरेको छ । लामिछानेलाई फसाउँने नियतले भिडियो तथा विद्युतीय सामग्री किर्ते गर्ने विरुद्ध जाहेरी दिन गएकी पौडेललाई प्रहरीले जाहेरीका लागि चितवन जान सुझाव दिएको बताइएको छ ।

पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरूद्ध जाहेरी दिएकी थिइन् ।  काठमाडौं प्रहरीले जाहेरी लिन नमानेपछि लामिछाने पत्नी पौडेलसहितको टोली अहिले  महान्यायाधिवक्ताको कार्यालय पुगेको छ ।

पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले आत्महत्या दुरूत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ । पुडासैनीले गत साउन २० गते भरतपुरस्थित एक होटलमा आत्महत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्