भारतले दियो पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड



काठमाडौं : भारतले भूकम्प पछिको पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड बढी रकम हस्तान्तरण गरेको छ। नेपाल भारत संयुक्त आयोगको बैठकका क्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई चेक हस्तान्तरण गरेका हुन्।

यो रकम नुवाकोट र गोरखाका घरहरू पुनर्निर्माणमा खर्च हुनेछ। कार्यक्रममा नेपाल र भारतका परराष्ट्रमन्त्रीको उपस्थिति थियो।

 

प्रतिक्रिया दिनुहोस्