रमण श्रेष्ठले अस्वीकार गरे सत्य निरुपण आयोगको अध्यक्ष बन्न 



काठमाडौं : सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष बन्न पूर्वमहान्याधीवक्ता रमणकुमार श्रेष्ठले अस्वीकार गरेका छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहालका तर्फबाट आयोगको अध्यक्ष बन्न आएको प्रस्ताव उनले अस्वीकार गरिदिएका हुन्।

उनले संक्रमणकालीन न्यायसम्बन्धी धेरै विषयमा आफू अनविज्ञ रहेको बताएका छन्। यसअघि सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष श्रेष्ठलाई बनाउने विषयमा सत्तारूढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सहमति जुटेको बताइएको थियो।

 

प्रतिक्रिया दिनुहोस्