जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु



जनकपुरधाम : जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जनकपुर ४ की अन्दाजी ६५ वर्षीय चन्द्रकला देवीलाई  लट नम्बर नखुलेको ८९२७ नम्बरको पल्सर मोटरसाइकलले सोमबार साँझ ठक्कर दिएको थियो । 

जनलपुरको माछा बजार भन्दा दक्षिण बसहिया जाने बाटोमा तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

ठक्कर दिएर फरार चालक तथा मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा एक जनालाई नियन्त्रणमा लिएको श्रोतले द नेपाल टपलाई बतायो । यद्यपि, प्रहरीले भने अहिलेसम्मकोहि पनि पक्राउ नपरेको जनाएको छ ।

मृतक महिलालाई अहिले पोस्ट मार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्